बैशाख ०७, २०८१, शुक्रबार
               

कांग्रेस पदाधिकारी बैठक बुधबार बस्दै

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

काठमाडौं । संसद विघटन र त्यसविरुद्ध बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गरेपछिको अवस्थाबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन्।

बैठक देउवाकै निवास बूढानिलकण्ठमा बस्ने छ ।  

प्रधानमन्त्री केपी शर्मा ‌ओलीप्रति नरम रहेको भनिएका देउवा आफूले बहुमत जुटाएर प्रधानमन्त्री दाबी गर्दा पनि राष्ट्रपतिबाट प्रधानमन्त्री घोषणा नगरेपछि राष्ट्रप्रमुख र सरकार प्रमुखप्रति आक्रोशित बनेका छन् ।


कस्तो लाग्यो ?

यो पनि