बैशाख ०६, २०८१, बिहीबार
               

‘देउवाले एमालेको समर्थनमा प्रधानमन्त्रीमा दाबी गरेर लज्जीत बनाए’

नेपाल फ्ल्यास
जेठ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरेले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीमा दाबी गर्नु गल्ती गरेको बताएका छन् ।

उनले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको समर्थनमा प्रधानमन्त्री पदको दाबी गर्नु ठूलो राजनीतिक गल्ती गरेको भएको टिप्पणी गरेका हुन् । 

नेता घिमिरेले पार्टी नफूटिकन नेपाल समूहका सांसदले सभापति देउवालाई मतदान गर्नै नसक्ने तर्क गरे ।उनले भने, ‘दलीय संसदीय परिपाटीमा विश्वास राख्ने नेपाली कांग्रेसले यस्तो निर्दलीय चरित्रलाई प्रश्रय दिनु आफैँमा पार्टीलाई एक कलंक पनि हो ।’ 

सभापति देउवालाई सम्बोधन गर्दै घिमिरेले फेसबुकमा लेखेका छन्, ‘फेरि यसैलाई नजिर बनाएर भोलिका दिनमा कांग्रेसका केहि सांसदलाई अरुले प्रयोग गरे भने के आधारमा विरोध गर्ने ? 

नेता घिमिरेले २०५० सालमा कांग्रेसका ३६ सांसद अनुपस्थित भएपछि सरकारको नीति तथा कार्यक्रम पारित हुन नसकि देश मध्यावधि निर्वाचनमा गएको घटना पनि स्मरणण गराएका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि