चैत १६, २०८०, शुक्रबार
               

राष्ट्रपतिको विवादास्पद भूमिकाप्रति भट्टराईको आक्रोश

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीको विवादास्पद भूमिकाप्रति पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई आक्रोशित बनेका छन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओ‌लीको सिफारिसमा शुक्रबार मध्यराति प्रतिनिधिसभा विघटन गर्ने निर्णय गणतन्त्र समाप्त गर्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा राष्ट्रपतिको कदमको तीब्र विरोध भइरहेको छ । पूर्वप्रधानमन्त्री भट्टराईलेपनि पुस ५ बाटै यो हर्कत सुरु भएको भन्रदै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कुकर्म भएको जनाएका छन् ।

उनले मध्याधि चुनावको घोषणा नभएर गणतन्त्र खारेज गर्ने प्रपञ्च भएको टिप्पणी गरेका छन् ।

उनको ट्वीटमा भनिएको छ- 'भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिङमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/ असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत सुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म ! यो कुनै मध्यावधि चुनाव हैन । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो । एकजुट होऊॅ; प्रतिवाद गरौं !'

 

यो पनि