बैशाख ०४, २०८१, मंगलबार
               

नयाँ सरकार गठनको लागि न्यूनतम तीन दिनको समय दिनुपर्छ : पौडेल

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि न्यूनतम तीन दिनको समय दिनुपर्ने बताएका छन् ।

नेता पौडेलले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले २४ घण्टाको पनि समय नदिई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गर्नु संविधान विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन् ।

‘एकाएक २४ घण्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु भनेको संसद्लाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्रभन्दा अरु केही हुन सक्दैन’, नेता पौडेलले भने ।

उनले वर्तमान अवस्थामा सम्पूर्ण राजनीतिक दललाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न आग्रहसमेत गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि