बैशाख ०८, २०८१, शनिबार
               

राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्न गगन थापाको माग

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्न माग गरेका छन् ।

नेता थापाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको आव्हान गरेपछि महाअभियोग लगाउनुपर्ने सामाजिक सञ्जालमा लेखेका छन् । 

साथै, दलहरुले सुझबुझका साथ राष्ट्रपतिले दिएको समयअगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गर्नुपर्ने र महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्नुपर्ने थापाले लेखेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको होरु र जानेर गरेको हो। गनगन गरेर नबसौँ ।’ 


कस्तो लाग्यो ?

यो पनि