बैशाख ०७, २०८१, शुक्रबार
               

उपनिर्वाचनमा पार्टीको ह्विप नमान्नु गम्भीर हो : एमाले ओली समूह

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटीको बैठकले पार्टीको निर्देशन नमान्नु गम्भीर विषय भएको निष्कर्ष निकालेको छ । बागमती प्रदेशमा भएको उपनिर्वाचनमा माधव नेपाल समूहले पार्टीका उम्मेदवारलाई भोट नहालेको भन्दै सो निष्कर्ष निकालेको हो । 

एमालेको विवाद मिलाउन कार्यदल बनिसकेपछि पनि पार्टीको निर्देशन नमान्नु सामान्य विषय नभएको एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

'कार्यदल बनिसकेपछि र अघिका कुरा एउटै हिसाबले हेर्न हुन्न। यो गम्भीर कुरा हो,' उनले भने। एमालेको बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले कोभिड-१९ नियन्त्रणबारे पनि छलफल गरेको थियो ।

यो पनि