बैशाख ०८, २०८१, शनिबार
               

उपनिर्वाचनमा देवकोटालाई मत दिन माओवादीको आग्रह

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशको उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई मत दिन आग्रह गरेको छ ।

माओवादी बागमती प्रदेश सह-इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । 

‘संघीयता, गणतन्त्रका उपलब्धिहरूलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरूको दायित्व बन्‍न आउँछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले बागमती प्रदेश सभाका सबै माननीय सदस्यहरू, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुख र अध्यक्ष तथा उप/प्रमुख/उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा. खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ ।’

डा. देवकोटा नेपाली कांग्रेस, माओवादीसहितका विपक्षी गठबन्धनका उम्मेदवार हुन् ।

उम्मेदवार बन्‍ने बेलामा डा. देवकोटालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि समर्थन गरेको थियो । आन्तरिक विवाद समाधान गर्न संस्थापन पक्षसँग संवाद चलिरहेकाले नेपाल समूहले देवकोटालाई सहयोग गर्छ कि गर्दैन भन्‍ने यकिन छैन । 

सत्तारुढ एमालेबाट पूर्वमाओलादीका नेता रामबहादुर थापा उम्मेदवार छन् । 

यो पनि