बैशाख ०७, २०८१, शुक्रबार
               

यस्तो थियो मदन-आश्रित चढेको अन्तिम गाडी

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

ADVERTISEMENT

२८ वर्षअघि अर्थात् २०५० साल जेठ ३ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परेर तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को मृत्यु भयो । यो दुर्घटना थियो या हत्या भन्ने कुरा अझैसम्म गर्भमै छ ।

दुर्घटनाका एक मात्र प्रत्यक्षदर्शी थिए मदन भण्डारीको गाडी चालक अमर लामा । अदालतबाट दोषी ठहर भई सजाय भोगेका लामाको २०६० साउन ११ गते कीर्तिपुरमा हत्या गरियो । उनको हत्या कसले गर्‍यो त्यो पनि रहस्यकै गर्भमा छ । एक मात्र साक्षीको पनि हत्या भएपछि दासढुंगा काण्डको वास्तविकता यही नै हो भन्ने अवस्था छैन ।

तर, बहुदलीय जनवादको प्रवर्द्धक तिनै मदन भण्डारीसँग सम्बन्धित सामग्रीहरू भने अहिले सङ्ग्रहालयमा राखिएको छ । 

पूर्वपश्चिम राजमार्गमै जोडिएको मोरङको उर्लाबारी ३ मंगलबारेमा रहेको सङ्ग्रहालयमा राखिएको बाग्मती अञ्चलको ८७९३ नम्बरको यो गाडी हेर्ने र तस्बिर लिनेहरू बढेको सङ्ग्रहालयका कर्मचारीहरू बताउँछन् ।

 


कस्तो लाग्यो ?

यो पनि