बैशाख १३, २०८१, बिहीबार
               

नागरिकको जीवन रक्षामा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको  जीवन रक्षामा ध्यान दिन निर्देशन दिएका छन् । आइतबार सिंहदरबारमा भएको सिसिएमसी बैठकमा सहभागी उनले झन्झटिला प्रक्रिया र आथिक अभावले नागरिकको ज्यान जान नहुने बताउँदै सो निर्देशन दिएका हुन् । 

‘हाम्रा प्रक्रियाहरुमा अल्झिएर र आर्थिक स्रोतहरुको अभावले कुनै पनि नागरिकको ज्यान जानु हुँदैन । त्यसैले झन्झटिला प्रक्रिया छन् भने त्यसलाई छोट्ट्याएर, हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवनरक्षाका लागि के–के गर्नुपर्छ गर्नुस् भन्नुभएको छ,’ ज्ञवालीले भने । 

त्यस्तै, प्रधानमन्त्रीले आवश्यक परेमा कानुन र क्विक रेसपोन्स टिम बनाउन पनि सुझाव दिएका छन् ।

यो पनि