चैत १६, २०८०, शुक्रबार
               

उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच टेलिफोन वार्ता

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच टेलिफोन वार्ता भएको छ । बिहीबार रााजदूतसँग टेलिफोनमा कुराकानी भएको हो । वार्तामा उपप्रधानमन्त्री पोखरेलले कोराना भाइरसको तीव्र फैलावट रोक्न अमेरिकी सरकारबाट खोप सहयोग गर्न आग्रह गरेका छन् । 

वार्तामा भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पतालका लागि आवश्यक पूर्वाधारको पनि सहयोगको आशा गरेको पोखरेलनिकटस्थ स्रोतले  बतायो । 

मन्त्रीको सो आग्रहको जवाफमा अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्री सहयोग गरिने जानकारी दिए । तर उनले के के सामग्री सहयोग गर्ने भन्नेबारे आइतबार मात्र टुंगो लाग्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि