बैशाख १३, २०८१, बिहीबार
               

एमालेले तीन दिन सबै पार्टी कार्यालयका झन्डा आधा झुकाउने

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशसभा सदस्‍य तथा दोलखाका पशुपति चौलागाईंको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयको झन्डा तीन दिन झुकाउने भएको छ ।

पार्टी सचिव शेरबहादुर तामाङले बुधबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । 

वैशाख २९ गतेदेखि तीनदिनसम्‍म पार्टी केन्द्रीय कार्यालयसहित जिल्ला पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाउने र  तीन दिनसम्‍म शोक पुस्तिका राखिने सो विज्ञप्तिमा उल्लेख छ । 

कोरोना संक्रमणबाट मंलबार साँझ निधन भएका एमाले नेता चौलागाइको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

 

यो पनि