चैत १५, २०८०, बिहीबार
               

नेपाल-खनाललाई गाली गरेर पार्टी विभाजन गर्न खोजिँदै छ : नेता भुसाल

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

काठमाडौं । एमाले नेता घनश्याम भुसालले झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् । 

आन्तरिक विवादका कारण विभाजनोन्मुख अवस्थामा नेकपा एमाले पुगिरहेका बेला नेता भुसालले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सो बताएका हुन् । 

नेकपा विभाजन हुँदा पुष्पकमल दाहाललाई गाली गरेर पाप ढाक्ने प्रयास भएको भन्दै भुसालले हाल खनाल र नेपाललाई गाली गरेर एमाले विभाजन गर्न लागिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदै छ,’ उनले लेखेका छन्, ‘आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरूले चुनावका नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन । विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’

यो पनि