बैशाख ०८, २०८१, शनिबार
               

देउवा भेट्न बुढानीलकण्ठ पुगे ओली

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दलका सभापति शेरबाहादुर देउवा भेट्न देउवा निवास पुगेका छन् । राजनीतिक संकटमा फस्दै गर्दा प्रधानमन्त्री ओली देउवा भेट्न बुधबार बुढानीलकण्ठ पुगेका हुन् । 

कांग्रेस स्रोतका अनुसार वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले त्यसै विषयमा कुरा गर्न सभापति देउवाकहाँ गएका हुन् ।

यसका अलवाक बुधबारै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसका कारण पनि उनलाई अझ झड्का पुगेको छ ।  यसका अलावा नेकपा माओवादीले कारबाही गरेसँगै बादलको राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ ।

बादललाई पुन: राष्ट्रियसभामा ल्याउने चाहनाअनुरुप उपनिर्वाचनका लागि प्रधानमन्त्रीले उम्मेदवारको रुपमा अघि सारेका छन् । तर, माओवादी तथा कांग्रेस र एमालेकै एक पक्षको अग्रसरतामा उम्मेदवार अघि सारेका बेला ओली बादलसहित ओली दलबलसहित देउवा भेट्न पुगेको आकलन गरिएको छ । जसलाई निकै महत्वका साथ हेरिएको छ ।

देउवा भेट्न उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र एमाले संसदीय दलका उपनेता समेत रहेका संविधान सभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ बूढानीलकण्ठ पुगेका छन् । 

यो पनि