बैशाख १३, २०८१, बिहीबार
               

राष्ट्रपतिद्वारा सात अध्यादेश जारी

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले सात अध्यादेश जारी गरेकी छिन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधान ११४ को उपधार १ बमोजिम सरकारले सिफारिस गरेका उल्लेखित अध्यादेश जारी गरेकी हुन् । 

मंगलबार जारी भएका अध्यादेशहरुमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ छन् ।

 

यो पनि