चैत १५, २०८०, बिहीबार
               

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर संकलन

नेपाल फ्ल्यास
बैशाख १८, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव आफ्नो दलमा हस्ताक्षर संकलन गरेका छन् । 

एक स्रोतका अनुसार सरकारविरुद्ध अविश्वासका लागि उनले ५१ सदस्यमध्ये बहुमत सदस्यको हस्ताक्षर संकलन गरेका छन्  ।

ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनकोलागि यादवले १८ जना सांसदको हस्ताक्षर संकलन गरेका छन् । शुक्रबार साँझसम्म १८ जना सांसदको हस्ताक्षर संकलन भएको यादव निकट एक नेताले बताए ।

पूर्व राजपामा १७ र पूर्व समाजवादीमा १७ सांसद छन् । ती मध्ये पूर्व समाजवादीका एक सांसद हरिनारायण रौनियार र पूर्व राजपाका एक सांसद रेशम चौधरी हाल निलम्बित अवस्थामा छन् । अहिले पूर्व राजपा र पूर्व समाजवादीका प्रत्येकका १६ सांसद छन् ।

केही दिनदेखि जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्दै आएका छन् । 

जसपाका अर्को पक्ष ओली सरकारको पक्षमा छ । ओली सरकार विरोधी गठबन्धनमा सहभागी नहुने सहमति महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका छन् ।

यो पनि