बैशाख ०७, २०८१, शुक्रबार
               

भारतसँग जोडिएका २२ नाका बन्द गर्न सिफारिस

नेपाल फ्ल्यास
बैशाख १७, २०७८

ADVERTISEMENT

दोस्रो लहरको कोरोना संक्रमण तीब्र गतिमा बढेपछि कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ व६ा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । 

शुक्रबार बसेको सीसीएमसी बैठकले नाकाबाट आवतजावत बढेको भन्दै यस्तो निर्णय लिएको हाे । साथै निषेधाज्ञा लागू भएका जिल्लाहरूमा एक चौथाई कार्यालयहरू मात्र सञ्चालनमा ल्याउने निर्णय गरेकाे छ । अब भारतसँग जोडिएका बाँकी १३ वटा खुल्ला रहने नाकाहरू क्वारेन्टाइनसहित हुनेछ ।

संघीय मन्त्रीहरूलाई प्रदेश समन्वय गर्ने गरी खटाउनकाे लागि समेत सिफारिस गरेकाे छ ।  सार्वजनिक निर्माणका सबै कामसमेत बन्द गराउने निर्णय भएकाे छ । साथै उद्योग सञ्चालन गर्ने भए उद्योगका कर्मचारीहरू उद्योगभित्रै रहने गरी मात्र सञ्चलन गर्न निर्देशन दिने निर्णय गरेकाे छ । 

यसअघि सीसीएमसीकै सिफारिसमा सरकारले निशेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको थियो । निषेधाज्ञा लगाए पनि नाकाहरू खुला हुँदा कोरोना संक्रमण थप बढेपछि सीसीएमसीले भारतसँग सीमा जोडिएका नाका बन्द गर्न सिफारिस गर्ने निर्णय लिएको हो ।


कस्तो लाग्यो ?

यो पनि