चैत १६, २०८०, शुक्रबार
               

ओली नेतृत्व सरकारको विकल्प खोज्ने कांग्रेसको निर्णय

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको विकल्पमा अन्य अवसर खोज्ने भएको छ । 

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ओली सरकारको विकल्प खोज्न पार्टीले गर्दै आएको प्रयासलाई जारी राख्ने निर्णय गरेसँगै ओलीको विकल्प  खोज्न कांग्रेस तल्लीन रहेको संकेत गर्छ । 

बैठकले ओली सरकारको विकल्प दिनका लागि कांग्रेसको नेतृत्वमा हुँदै आएको पहल र छलफल सकारात्मक दिशातिर अघि बढेको निष्कर्ष निकालेको छ । 

कांग्रेसले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय लिएपछि माओवादीसहितका दलहरूसँग संवाद गर्दै आएको छ । सोहीअनुसार पटक पटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपासँग पनि छलफल भएको छ । कांग्रेसले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनका लागि हस्ताक्षर अभियान समेत चलाएको छ ।

त्यसैगरी, पदाधिकारी बैठकले भोलिका लागि केन्द्रीय समिति बैठक पनि स्थगित गरेको छ । सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने र मंगलबार सो  बैठक बस्ने बताइएको छ । 

यो पनि