बैशाख ०८, २०८१, शनिबार
               

हटस्पटमा मात्रै लकडाउन हुन्छ : परराष्ट्रमन्त्री

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको बताउँदै नेता ज्ञवालीले सो बताएका हुन् । 

‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन हुँदैन । अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ,’ उनले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको पनि बताए ।

‘लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ र अलिकति पुस गर्ने मात्रै हो । आफैँमा अन्तिम समाधान होइन,’ मन्त्री ज्ञवालीले भने, ‘भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ । त्यसो भएको हुनाले हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउनचाहिँ हुँदैन ।


कस्तो लाग्यो ?

यो पनि