बैशाख ०७, २०८१, शुक्रबार
               

फ्लोर क्रस गराउने तयारी भइरहेको छ : ज्ञवाली

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल समूह कर्णालीमा झै अरु ठाउँमा पनि फ्लोर क्रस गराउने प्रयासमा रहेको जानकारी आफूहरुले पाएको बताएका छन् । 

आइतबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि सञ्चारकर्मीसँग भएको कुराकानीका क्रममा ज्ञवालीले सो बताएका हुन् ।  

सो क्रममा  नेता माधवकुमार नेपालसहितलाई सोधिएको स्पष्टीकरणबारे उपयुक्त समयमा निर्णय हुने पनि बताए ।

‘अहिले अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको छ । प्रतिपक्षीले ल्याउने कुरा त धेरै ठूलो कुरा भएन, कर्णाली प्रदेशमा जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउन प्रयास हुँदैछन् । आवश्यक निर्णय उपयक्त समयमा गर्छौँ,  उनले भने ।

कर्णाली प्रदेशमा नेता नेपाल पक्षका चार सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत हालेका थिए । उनीहरुलाई एमालेले कारबाही गरिसकेको छ । शुक्रबारको महाधिवेशन आयोजक कमिटी बैठकले अरु सांसदको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिइसकेको छ ।

यो पनि