चैत १५, २०८०, बिहीबार
               

आज पनि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । आगामी १४औँ महाधिवेशनको तयारी गर्नको लागि कांग्रेसको कार्यसमिति बैठक बस्न लागेको बताइएको छ । 

यसअघि २७ गतेलाई तोकिएको बैठक तीन दिन पछि सारेर आज दिउँसो २ बजे सानेपास्थित सानेपास्थित पार्टी कार्यालयमा बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसले आगामी भदौ ७ गते हुने १४औँ महाधिवेशनको लागि क्रियाशील सदस्यताको विवरण आजसम्म केन्द्रीय सर्भरमा इन्ट्री गर्ने समयसीमा तोकेको थियो ।

कतिपय जिल्लाबाट क्रियाशील सदस्यताको टुंगो नलागेको र कतिपय जिल्लाले टुंगो लागेको सदस्यता विवरण पनि सफ्टवेरमा नराखेको भन्दै छुटेका जिल्लालाई महाधिवेशनमा कसरी समेट्ने भन्ने विषयमा पनि आज छलफल गर्ने तयारी भएको बताइएको छ ।

साथै, बैठकमा पछिल्लो राजनीतिक घटनाको बारेमा पनि कांग्रेस पार्टीभित्र छलफल हुने बुझिएको छ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपासँग प्रस्ताव राख्दै आएको छ । गत शुक्रबार सभापति शेर बहादुर देउवाले आफ्नै निवासमा बैठक बोलाएर उक्त प्रस्ताव राखेका थिए । 


कस्तो लाग्यो ?

यो पनि