बैशाख १३, २०८१, बिहीबार
               

म्यानमारमा सैनिक कारबाहीमा परी शुक्रबार ८० जनाको मृत्यु

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

फेब्रुवरी १ मा म्यान्मारमा सैनिकले कु गरी शासन सत्ता आफ्नो हातमा लिएसँगै नरसंहार बढ्दो क्रममा छ । यसै क्रममा शुक्रबार बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमाथि दमन गर्दा ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । 

म्यानमारको एक समाचार आउटलेट र ‘असिस्टेन्स असोसिएशन फर पोलिटिकल प्रिजनर्स’ (एएपपिपी) नामको संस्थाका अनुसार सुरक्षाबलले शुक्रबार यंगुन शहरनजिकै प्रदर्शनकारीमाथि राइफल ग्रेनेड चलाउँदा ८० भन्दा बढीको मृत्यु भएको छ ।

म्यानमारमा स्थानीय मिडिया रिपोर्ट र प्रत्यक्षदर्शीका अनुसार सुरुमा यंगूनको उत्तर–पूर्वस्थित बगो शहरमा सुरक्षाबलको हमलामा मारिएका मानिसहरुको संख्याको अन्दाज लगाउन सकिएको थिएन ।

प्रत्यक्षदर्शीका अनुसार सुरक्षाबलले शवलाई जेयार मुनी पगोडा (एक प्रकारको बौद्धभवन) को परिसरमा एकमाथि अर्को गरी खप्टिएर राखेका थिए र इलाकालाई चारैतिरबाट घेरिएको थियो ।

स्थानीय समाचार एजेन्सी म्यानमार नाउ र एएपिपीले शनिबार सुरक्षाबलले सैन्य कुविरुद्ध प्रदर्शन गरिरहेका ८२ जनालाई गोली हानेको जानकारी दिएका छन् ।

म्यान्मारमा सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

बिबिसी


कस्तो लाग्यो ?

यो पनि