चैत १६, २०८०, शुक्रबार
               

प्रधानमन्त्रीले जनताले दिएको अधिकारको दुरुपयोग गरे : नेता सिंह

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकारको दुरुपयोग गरी जनताको विश्वासमाथि केपी ओली सरकारले लात हानेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंको टोखामा भएको एक कार्यक्रममा शुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निर्माण गरिएको  पोखरीको उद्घाटन गर्ने क्रममा नेता सिंहले सो बताएका हुन् ।

सो क्रममा नेता सिंहले भने, ‘ नैतिकता नभएको प्रधानमन्त्री धेरै समय राख्न नहुने भन्दै तत्काल ओलीको विकल्प खोज्नुपर्छ,’ उनले भने ,‘ प्रधानमन्त्री ओलीले संविधान मिचेर आफू अनैतिक भएको पुष्टि गरिसक्नुभयो । अन्तराष्ट्रिय प्रचलन, संवैधानिक दृष्टिकोणले पनि ओली प्रधानमन्त्री पदका लागि अयोग्य भइसके । अब ओलीको विकल्प तत्काल दिनुपर्छ ।’

नेता सिंहले राजनीतिका ठिक भएका देशको सामाजिक , आर्थिक लगायत सम्पुर्ण क्षेत्रको बिकास हुने भन्दै राजनीति गर्ने नेतामा नैतिकता हुन जरुरी रहेको बताउँदै ओलीमा अलिकति पनि नैतिकता नभएको बताए ।

यो पनि