बैशाख ०७, २०८१, शुक्रबार
               

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री डा. एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दुई समकक्षीबीच टेलिफोन वार्ता भएको हो ।

मन्त्रालयले वार्ताका  क्रममा कोभिड-१९ महामारीविरुद्ध लड्न नेपाल र भारतबीच गरिने सहकार्यलाई प्रभावकारी बनाउने र कोभिड-१९ विरुद्धको खोपको आपूर्तिको विषयमा छलफल भएको बताएको छ ।

 

यसैगरी सो छलफलका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज खोप छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । 

यो पनि