बैशाख १४, २०८१, शुक्रबार
               

पुन: लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्रीको संकेत

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को संक्रमणदर बढ्दै गएमा पुन: लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । 

बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो बताएका हुन् । ‘हामी सकेसम्म लकडाउन गर्दैनौँ । त्यो हाम्रो योजना छैन । तर, तपाईंहरुकै कारण सुरक्षित र सचेतना अपनाउनु भएन भने, कोभिडले फेरि उग्र रुप लिन सक्छ । त्यतिखेर बाध्य भएर हामीले फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ ।’

पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत हुन उनले आग्रह गरे । उनले बेलैमा सतर्क नभए जनजीवन ठप्प पार्ने स्थिति आउने चेतावनी दिए ।

‘हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौँ,’ उनले भने, ‘हामी सावधान हुनुपर्छ अहिले देखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी कोभिड–१९ लाई अवसर नदिऔँ ।’

प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि दाबि गरे । ‘अलि तातोतातो पानी लिदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट । नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ ।’

उनले कोरोनाबाट पूर्ण सुरक्षा त खोपले पनि नदिने भन्दै सावधानी अपनाउनु नै मुख्य उपाय भएको बताए ।

यो पनि