बैशाख ११, २०८१, मंगलबार
               

नेपाल समूहले दियो शाक्यलाई बागमती प्रदेशको जिम्मेवारी

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल काम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ ।

अध्यक्षसँग असन्तुष्ट रहँदै आएको नेपाल-खनाल समूहले समानान्तर कमिटी गर्ने क्रममा मंगलबार सो कमिटी गठन गरेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका नेपाल-पक्षले अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको जिम्मेवारी दिएको छ ।

त्यस्तै, बागमती प्रदेशका सबै जिल्लामा समेत नेतृत्व आजै घोषणा गर्ने नेपाल खनाल पक्षको तयारी रहेको छ ।

यसअघि यस अघि नै नेपाल खनाल पक्षले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरिसकेको छ भने आजै सुदूरपश्चिम प्रदेशमा पनि समानान्तर कमिटी गठन हुँदै छ । 

यस्तै, सो समूहले बागमती प्रदेशका प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको छ ।काठमाडौंमा यसअघि नै वसन्त मानन्धरको अध्यक्षतामा कमिटी घोषणा गरिसकेको छ । त्यस्तै ललितपुरमा हरिकृष्ण थापा र श्याम शिलवाल मध्ये एकजना बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

त्यस्तै नुवाकोटमा नारायण प्रसाद खतिवडा, सिन्धुपाल्चोकमा झम्क नेपाल, मकवानपुरमा मनु सिग्देल, सिन्धुलीमा खड्ग खत्री र सूर्य पाख्रिनको नाम आएको बताइएको छ ।

त्यसैगरी भक्तपुरमा धु्रव विस्ट, दोलखामा भीम दाहाल र प्रोणप्रसाद केसीमध्ये एक जनालाई छनोट गरिने स्रोतले जनाएको छ । यद्यपी रसुवा र धादिङको भने नाम आउन बाँकी रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि