बैशाख १३, २०८१, बिहीबार
               

एमालेको अन्तिम प्रधानमन्त्री ओली नै ! : कँडेल

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओली नै नेकपा एमालेकाे अन्तिम प्रधानमन्त्री रहने बताएका छन् । 

उनले गत निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादर देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्दै भाषण गरेको समेत स्मरण गरे । निर्वाचन प्रचारकाे क्रममा प्रधानमन्त्री केपी शर्माले भनेका थिए-‘नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री देउवा हो ।

उक्त भनाई स्मरण गर्दै उनले भने, ‘जसले आफ्ना पार्टीमा आफ्नै साथीहरूलाई पन्छ्याउँदै अघि बढेको अवस्था छ । उहाँलाई कुर्सीको पीडा छ । कुनै पनि हालतमा नछोड्ने । यदि यस्तै अवस्था रह्यो भने एमालेको अन्तिम प्रधानमन्त्री ओली नै रहनेछन् ।’ 

साथै सांसद गोकुल बास्कोटालाई ‘जस्ता गुरु उस्तै चेला’ भन्दै टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनीभन्दा अघि बोलेका एमाले सांसद बास्कोटाप्रति यस्तो टिप्प्णी गरेका हुन् । उनीअघि बोलेका बास्कोटाले सरकार, प्रधानमन्‍त्री केपी शर्मा ओलीका काम र प्रतिनिधि सभा विघटनसम्मको समर्थनमा आफ्ना धारणा राखेका थिए ।


कस्तो लाग्यो ?

यो पनि