चैत १५, २०८०, बिहीबार
               

आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । माओवादी केन्द्र स्रोतका अनुसार केही नेताहरु उपत्यका बाहिर भएकाले उक्त बैठक स्थगित भएको बताइएको छ । 

आज विहान ११ बजेको लागि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको थियो । गत बिहीबार बसेको स्थायी कमिटी बैठकपछि सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एक–दुई दिनमै अर्को बैठक बसेर केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए ।

प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी केन्द्र रहेको बुझिएको छ । माओवादीको अर्को बैठक कहिले बस्नेबारे तोकिएको छैन ।


कस्तो लाग्यो ?

यो पनि