बैशाख १२, २०८१, बुधबार
               

कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने, सरकार बनाउन अगुवाइ गर्ने

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनमा अगुवाइ गर्ने सहमति भएको छ ।

आजकाे बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेकाे हाे । दिउँसो २ बजे सुरु हुने भनिएको बैठक लामो विवादपछि सवा आठ बजे सुरु भएको हो ।

बैठकअघि कांग्रेस भित्रको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार गठनमा पार्टीले अग्रसरता लिनु पर्ने विषयमा अडान लिएका थिए । त्यहि अडानका कारण आज अबेर बैठक सुरु भएकाे हाे । 

त्यसपछि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र सिटौलासहितका नेताहरूको आन्तरिक छलफलपछि प्रधानमन्त्रीको राजीनामा माग गर्ने सहमति जुटेको हो।

निर्णयको प्रस्ताव पेस भएर पारित समेत भइसकेको अब बाहिर ल्याउँछौँ । सबैको चाहना कांग्रेस नेतृत्वकाे सरकार भएकाले यसतर्फ जान परेको एक केन्द्रीय सदस्यले जानकारी दिए । 
 


कस्तो लाग्यो ?

यो पनि