बैशाख १४, २०८१, शुक्रबार
               

सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादीको निर्णय

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने आजकाे बैठकले निर्णय गरेकाे छ ।

पेरिसडाँडामा बसेकाे स्थायी कमिटी सदस्यहरूको बैठकले अझै दुई/तीन दिन समर्थन फिर्ता नलिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“सरकार गठनको विषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग थप छलफल गर्ने निष्कर्षमा पुगेका छौं तर, केहीदिन समर्थनमै रहने निर्णय भएकाे छ ।” श्रेष्ठले भने।

साथै बैठकमा सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न दिएकाे निवेदनका विषयमा पनि छलफल भएको छ । सर्वोच्चले २३ फागुनमा नेकपाको एकीकरण गर्ने निर्णय बदर गरेपछि एमाले र माओवादी केन्द्र अलग भएका छन् । त्यसपछि नेकपा माओवादी केन्द्रले सर्वोच्चमा पुनरावलोकनका लागि निवेदन दिइसकेकाे छ ।


कस्तो लाग्यो ?

यो पनि