बैशाख १३, २०८१, बिहीबार
               

समानान्तर गतिविधि रोक्न ज्ञवालीको आग्रह

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल समूहलाई समानान्तर गतिविधि रोक्न आग्रह गरेका छन् । 

एमालेको माधवकुमार नेपाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्ने क्रममा ओली समूहका नेता प्रदीप ज्ञवालीले सो आग्रह गरेका हुन् ।

‘एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसँग जोडिँदा हुन्छ,’ सो क्रममा नेता ज्ञवालीले भने, ‘नेकपा एमालेको नाममा कुनै पनि समानान्तर गतिविधि गर्न मिल्दैन । त्यो भनेको घोषित रुपमा पार्टीलाई विग्रहमा पुर्‍याउने, पार्टीलाई विखण्डित गर्ने, पार्टीलाई विभाजित गर्ने कुरा हो ।’

यो पनि