बैशाख १३, २०८१, बिहीबार
               

सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादीको निर्णय

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको छ । आज सिंहदरबारमा कानुन व्यवसायीहरूसँगको छलफलबाट गत फागुन २३ गते सर्वोच्चले नेकपा भंग गरेको फैसलाविरुद्ध पुनरवलोकनमा जानुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

छलफलमा  सहभागी भएका कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायतले ६० दिनभित्र पुनरवलोकन गर्न सकिने भएकाले तत्काल पुनरवलोकन गर्न सुझाएको सचेतक गुरुङले जानकारी दिए । त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे अहिले कुनै छलफल नभएको पनि जानकारी दिए ।

 


कस्तो लाग्यो ?

यो पनि