बैशाख ०८, २०८१, शनिबार
               

ओलीले च्यातेको संविधानको रक्षार्थ लडिरहेको छु : प्रचण्ड

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधान सिध्याउन सक्ने, गणतन्त्र सिध्याउन सक्ने, उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको हक अधिकार सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधिको रुपमा चित्रण गरेका छन् । 

आइतबार राजधानी काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रमाम अध्यक्ष दाहालले  आफूले तत्कालीन राजनीतिक परिस्थितिमा प्राप्त हुनसक्ने उपलब्धि लिएर थप उपलब्धि लिनका लागि आफूले संघर्ष गरिरहेको जिकिर गर्दै सो चित्रण गरेका हुन् । 

‘संविधान सिध्याउन सक्ने, गणतन्त्र सिध्याउन सक्ने, उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको हक अधिकार सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, बीसौं पच्चीसौं वर्षदेखि विदेशीले हुर्काएका पनि को हो भनेर हेर्दै जाँदा सबैले केपी ओली नै देखियो भनेका छन्,’ अध्यक्ष दाहालले भने । 

सो क्रममा उनले आफूलाई भने संविधानको रक्षा गर्ने, समानुपातिक समावेशी व्यवस्था जोगाउने धारको रुपमा व्याख्या गरे । गणतन्त्र, संघीयता समावेशिताको विरोधीहरु अहिले पनि यो संविधानलाई निचोर्ने र च्यात्ने उद्देश्यमा रहेको उनले बताए ।

सो क्रममा उनले देशभित्रका संविधानविरोधी, गणतन्त्रविरोधी, देशबाहिरका प्रतिक्रियावादीहरु जसले यो संविधान स्वीकार्न सेकेको बताउँदै सबै मिलेर एउटा धार बनेको बताए । ‘ती सबैले नेपालको संविधान निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्,’ प्रचण्डले भने ।


कस्तो लाग्यो ?

यो पनि