चैत १५, २०८०, बिहीबार
               

ओलीलाई पदबाट हटाउनुपर्छ : पौडेल

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । 

शनिबार ट्रेड युनियन कांग्रेसद्वारा आयोजित गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृतिसभालाई संबोधनका क्रममा प्रधानमन्त्री ओलीले उत्पात गरेको बताउँदै कांग्रेसले विकल्प दिनुपर्ने बताएका हुन् । 

अहिले कांग्रेसको नेतृत्व किंकर्तव्यविमूढ भएर बस्ने बेला नभएको बताउँदै पौडेलले पार्टीले सबैलाई समायोजन गर्ने र देशलाई ठिक दिशा दिने हैसियत राख्नुपर्ने बताए । 

‘आफू अगाडि बढेर हुन्छ कि संसदमा रहेका पार्टीहरुसँग मिलेर/मिलाएर हुन्छ, ओलीको नयाँ विकल्प कांग्रेसजस्तो पार्टीले खेल्नुपर्छ,’नेता पौडेलले भने ।

सोही क्रममा उनले कांग्रेसकै कतिपय नेता चुनावको पक्षमा बोल्ने गरेको बताउँदै असन्तुष्टि पनि जनाए । अदालतको फैसलाले पाँच वर्ष नभई चुनाव गर्ने अनुमति नदिएको भन्दै उनले अघि भने, ‘त्यस्तो बेलामा मंसिरमा चुनाव गर्छु, आउँदो फागुनमा चुनाव गर्छु भन्दै हिँड्ने ? कहाँ फस्दै गयौं हामी ? कसले फसाउन खोज्यो ?’


कस्तो लाग्यो ?

यो पनि