बैशाख १४, २०८१, शुक्रबार
               

एमाले वार्ता : सकारात्मक भनिए पनि दुवै पक्ष आ-आफ्नै अडानमा

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्ष्ट नेपाल समूहसँग गरेको आजको वार्ता सकारात्मक भएको बताइए पनि कुरा भने मिल्न सकेन ।

महासचिवबाहेक पदाधिकारी च्युत गर्ने र नेताहरूको जिम्मेवारी परिवर्तनलगायतको निर्णयप्रति नेपाल समूहले असन्षुष्टि पोखेका थिए । 

नेपाल पक्षीय नेता रघुजी पन्तका अनुसार प्रधानमन्त्रीले पुरानै अडान दोहोर्‍याएका छन् । ओलीले आफूले कसैलाई नहटाएको र काम गर्न सहज होस् भनेर केहीको जिम्मेवारीमात्र हेरफेर गरेको बताएका थिए । 

वार्तापछि पत्रकारसँग कुरा गर्दै नेता रघुजी पन्त ।

नेता पन्तका अनुसार वार्ता सकारात्मक भएको र छलफल जारी रहने छ । 

फागुन २८ गतेको बैठक आफूहरूलाई जानकारी पनि नभएको र त्यसका कुनै पनि निर्णय मान्य पनि नहुने पन्तले संचारकर्मीहरूलाई बताए ।

जवाफमा अध्यक्ष ओलीले त्यो मुद्दा सम्बोधनबारे स्पष्ट गरेका थिएनन् ।

 


कस्तो लाग्यो ?

यो पनि