चैत १६, २०८०, शुक्रबार
               

कुरा मिल्ला त ओली-नेपालको भेटमा ?

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । बढ्दो दरारबीच आज नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट नेता माधवकुमार नेपालबीच वार्ता हुँदै छ ।

सर्वोच्च अदालतले नेकपा एकता अवैध करार गर्दै पुरानै दल ब्युताएपछि यी दुई नेताबीच पहिलोपटक भेटवार्ता हुन लागेको हो ।

एमाले अध्यक्ष अ‍ोलीले वार्ताका लागि माधव नेपाल पक्षलाई बोलाएका हुन् । वार्ता विहान साढे ११ बजे पार्टी कार्यालय धुम्वाराही हुँदै छ । 

यो वार्ता सकारात्मक दिसामा गएमा संभावित एमाले विभाजन टर्न सक्छ । सँगसँगै ओली सरकारको निरन्तरताको संभावना पनि केही बढ्ने अनुमान गर्न सकिन्छ ।

तर नेपाल समूहका नेताहरूले भने यो वार्ता एउटा औपचारिकतामा मात्र सीमित हुने बताए । ओलीको मनसाय पार्टी विधान र पद्धति नमान्ने भएसम्म कुरा मिल्ने संभावना नरहेको ती नेताले दाबी गरे ।

वार्तामा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुने बताइएको छ ।

अर्को समूहबाट नेपाल, झलनाथ खनाललगायत सहभागी हुने योजना छ । 

बैठकमा जानुअघि आफ्नो बटमलाइन स्पष्ट गर्न नेपाल समूहले नयाँ बानेश्वरमा छलफल गरिरहेको छ ।

आजको कुराकानी सकारात्मक दिसामा गएमा ओलीले पछिल्लोपटक महासचिवबाहेक पदाधिकारीहरू च्युत तथा जिम्मेवारी हेरफेरको निर्णय तत्काल फिर्ता लिने संभावना देखिन्छ । सँगसँगै नेपाल पक्षले चैत ३ र ४ गते बोलाएको राष्ट्रिय भेला पनि तत्कालका लागि स्थगित हुन सक्छ । 


कस्तो लाग्यो ?

यो पनि