बैशाख ०८, २०८१, शनिबार
               

बाबुरामद्वारा सरकार र विप्लवबीच भएको सम्झौताको स्वागत

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रतिबन्धित विप्लव समूह र सरकारबीच भएको सम्झौताको स्वागत गर्दै निलम्वित सांसद् राेशम चौधरीलाई रिहाइ गरी वार्ता गर्न सुझाव दिएका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले विप्लव र सरकारबीच वार्ता सफल भएपछि बिहीबार एक ट्विट गर्दै सरकारलाई सो सुझाव दिएका हुन् । 

उनले ट्वीटरमा लेखेका छन्, ‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ ! यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्‍बोधन गरोस् ।’


कस्तो लाग्यो ?

यो पनि