बैशाख ०७, २०८१, शुक्रबार
               

रामचन्द्र राष्ट्रपति बन्ने भनी गलत प्रचार गरियो: पौडेल

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले पहिलो राष्ट्रपति बन्ने अवसर त्यागेको बताएका छन् । 

नेपाली कांग्रेस भक्तपुरले पूर्वसभापति विश्वनाथ मिश्रको १०५ औँ जन्मजयन्तीको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अहिले आफूलाई राष्ट्रपतिको लोभमा लागेको भनी गलत प्रचार गरिएको बताउँदै कांग्रेस नेता पौडेलले सो बताएका हुन् । 

‘म आज तपाईंहरूलाई भन्न बाध्य छु । पहिलो राष्ट्रपति बन्ने बेलामा गिरिजाबाबुलाइ राष्ट्रिय अन्तर्राष्ट्रिय फेनोमेनाले राष्ट्रपति बन्न नदिएपछि तपाईं हुनुस् भनेर मलाई प्रस्ताव गर्नुभएको हो,’ पौडेलले भने, ‘गिरिजाबाबु मलाई अझै पनि लोकतन्त्रको लागि लड्नुपर्ने काम छ, राष्ट्रपतिको पदमा खुम्चिएर हुँदैन, मैदानमा बसेर लड्छु भनेर छाडेर हिडेको थिएँ ।’

पौडेलले आफूले प्रधानमन्त्रीको अफर आउँदा पनि लोकतन्त्रको मूल्य मान्यतासँग सम्झौता नगरेको दाबी गरे । ‘पहिलो संविधान सभाको अन्तिम अवस्थामा प्रचण्डले बालुवाटारमा बोलाएर रामचन्द्रजी १० राज्यको सिद्धान्त मानिदिनुस्, बाबुराम राजीनामा गर्नुहुन्छ, तपाईं आजै प्रधानमन्त्री बन्नुस् भन्नुभएको थियो । मैले मानिनँ, १–१ बुँदाबुँदामा मैले लडेको हो,’ पौडेलले भने । 

नेता पौडेलले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा अहिले कांग्रेस जान नहुने बताए । ‘मौका पायो भन्दैमा अहिले सरकारमा गएर जाँदु गर्न सक्छौँ ? कुर्सी हत्याएको भोलिपल्ट अर्को चुनावमा कसरी लड्छौं ? हामी प्रतिपक्षको धर्म निभाउने हो ।


कस्तो लाग्यो ?

यो पनि