बैशाख १२, २०८१, बुधबार
               

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज दिउँसो तीन बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा तीन बजेका लागि बैठक बोलाइएको छ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

उक्त बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुनेछ । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड(माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने बताइएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।

प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् । उक्त प्रस्तावमा सभापति देउवाले आफ्नो पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए । 

यो पनि