बैशाख ०७, २०८१, शुक्रबार
               

मुलुकमा ठुलो विश्वासको संकट पैदा भयो : नेता पौडेल

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं  । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा विश्वासको संकट देखा परेको बताएका छन् । नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणका बेला गरेको सम्झौतामा विश्वासघात गर्दा मुलुकमा विश्वासको संकट देखा परेको बताएका हुन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुस्तक 'गुमनाम आमाहरूको कथा’ विमोचन कार्यक्रममा सहभागीका क्रममा उनले सो धारणा राखेका थिए । सो क्रममा वरिष्ठ नेता पौडेलले सर्वोच्चबाट प्रतिनिधिसभा विघटन गरेको र त्यसैलाई समर्थन गर्ने फैसला आउँछ कि भन्ने लागेको पनि बताएका छन् ।

पौडेलले भने, ‘राष्ट्रिय विश्वासको संकट भइरहेका बेला कहीँ अदालतले पनि अर्कै फैसला गर्ने हो कि भनेर सोच्नुपर्ने भएको छ । जहाँ कि कहीँ ठाउँ नै छैन । कुनै पनि ठाउँ छैन, एक अक्षर पनि छैन, एउटा धारा पनि छैन । तैपनि फैसला केपी ओलीले गरेको विश्वासघातलाई समर्थन गर्ने आउँछ कि भनेर अविश्वास गर्नुपर्ने भन्दाखेरि यो राष्ट्रिय आत्मविश्वासको संकट आज देशमा छ ।’

अविश्वासलाई हटाएर गरिबी, बेरोजगारी, अशिक्षा अन्त्य गरेर राजनीतिक स्थायित्व प्रदान गर्दै जनताको संकल्प पूरा गर्न दलहरू अगाडि बढ्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री केपी ओलीले लामो समय लगाएर ल्याएको संविधानमाथि विश्वासघात गरेको पौडेलले बताए । ‘लामो संघर्ष गरेर संविधान जनताकै प्रतिनिधिले बनाउनुपर्छ भनेर त्यत्रो आन्दोलन गरेर त्यो ठाउँमा ल्याइपुर्‍यायौँ,’उनले भने, ‘बिपीको पालनामा हुन नसकेका कुरा हाम्रो पालामा भयो, संविधानसभाले नै सैंविधान लेख्ने ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ गरेका थिए । सोहीदिन राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्धका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

यो पनि