बैशाख १४, २०८१, शुक्रबार
               

नेपालको राजनीति रेफ्री विनाको खेलजस्तो - कमल थापा

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुन सक्ने बताएका छन्- ‘राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिन सक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडक संघर्षमा उत्रिएका छन् । राजसंस्था प्रजातन्त्रको वाधक होइन । संविधानको परिधिभित्र राख्ने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुन सक्छ।’

उनका अनुसार अहिले नेपालको राजनीति रेफ्री विनाको खेलजस्तो छ । जसको शक्ति उसको भक्ति कायम छ । एकले अर्कोलाई समाप्त पार्ने प्रतिस्पर्धा चलेको छ । बढदै जाँदा राजनीतिक दल र नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जान्छ । त्यो रिक्त अवस्थामा गैरराजनीतिक शक्ति र बिदेशीको हातमा देशको बागडोर जाने खतरा हुने दाबी गरे । 

 


कस्तो लाग्यो ?

यो पनि