बैशाख ०८, २०८१, शनिबार
               

सरकारले नागरिकको नैसर्गिक अधिकार हनन् गर्‍यो : अध्यक्ष राणा (राप्रपा)

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले नागरिकको नैसर्गिक अधिकार हनन् गरी लोकतन्त्रमाथि दमन गरेको बताएका छन् । यसका अलवा उनले सरकारको दमनात्मक कदमको   भतर्सना पनि गरेका छन् । 

‘सरकारको लोकतन्त्रविरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहनेछ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरिरहनेछ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्र निर्माताप्रति श्रद्धाञ्‍जली अर्पण गर्ने नागरिकमाथि सरकारको दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दामा भर्त्सना गर्दछु,’ राप्रपा अध्यक्ष राणाले भने ।

सोमबार भद्रकालीमा भेला भएर शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्न अघि बढेका नागरिक समूहहरुलाई प्रहरीले रोक लगाउँदा दुई पक्षबीच झडप भएको थियो ।

यसैबीच राप्रपा नेता बुद्धिमान तामाङले राष्ट्रिय एकता दिवस मनाउन क्रममा भएको अवरोध र दमनप्रति निन्दा व्यक्त गरेका छन् । उनले देशको मान र पहिचान मेटाउने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।

यो पनि