बैशाख १३, २०८१, बिहीबार
               

मुलुकलाई दुर्घटनाबाट जोगाउन गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको हुँ: थापा

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा  विदेशीको डिजाइनमा धार्मिक सांस्कृतिक उपनिवेश बनाउन धर्मनिरपेक्षता लादिएको बताएका छन् । 

बुधबार हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् । पूर्वउपप्रधानमन्त्री थापाले भने, ‘०६२/६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको बुझेर आफू मुलुकलाई दुर्घटनाबाट जोगाउन म गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको हुँ ।’

विगत १४ वर्षको गलत अभ्यास र प्रयोगबाट वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको बताउँदै उनले संसद विघटनको घटनाबाट मुकुक थप जटिलतातर्फ फसेको बताए ।

‘अब यसलाई अवसरको रुपमा सदुपयोग गर्न त्रुटिपूर्ण मार्गचित्र सच्याउने हिम्मत र साहस आवश्यक छ, उनले भने, ‘  ‘क्रान्तिको नाममा बन्दुक बोक्न लगाउनेहरु आज कहाँ छन ?, बन्दुक बोक्नेहरु कहाँ छन् ।’

यसका अलवा उनले हाल लोकतन्त्रको नाममा ब्रम्हलुट भइरहेको बताए । एकआपसमा सर्वसत्तावादीको आरोपप्रत्यारोप गर्ने कम्युनिस्टहरुको उत्पादन नै खराब बिउबाट भएको उनको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि