बैशाख ०८, २०८१, शनिबार
               

राष्ट्रियता आफ्नै काँधमा अडिएको ठान्ने ओली शक्तिको स्रोत विदेशीलाई मानिरहेका छन् : महत

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारले भ्रष्टाचार मात्र गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा  भएको एक विरोध प्रदर्शनलाई संबोधन गर्दै नेता महतले सो आरोप लगाएका हुन् । यसका अलवा उनले सो कार्यक्रममा कम्युनिस्ट सरकारले जनतालाई गफ दिएको, तर काम नगरेको पनि बताए ।

‘ओली सरकारले नेपाली जनतालाई धेरै ठूलो आश्वासन बाँडेको थियो, भ्रष्टाचार त म छेउछाउमै पर्न दिन्नँ भनेर ओली सत्तामा विराजमान हुनुभएको छ,’ उनले भने  ।

‘दुई तिहाई उपस्थितिका साथ नेपाली जनताले निर्वाचित गराएर पठाउँदासम्म यो पार्टीका नेताहरु भ्रष्टाचारभन्दा अरु केही देख्दैनन्, कोभिडबाट जनताले पाएको पीडा देख्दैनन्,’ नेता महतले भने, ‘उहाँहरुका लागि त कमिसन ठूलो हो । उहाँहरुको चाख कमिसन कति आउँछ भन्नेमा मात्र छ ।’

 नेपालको राष्ट्रियता ओलीकै काँधमा अडिएको छ जस्तो गरिए पनि अहिले नेपाल दुःखलाग्दो अवस्थामा पुगेको उनको भनाइ छ । नेता महतले अगाडि भने, ‘उहाँ(केपी शर्मा ओली) अहिले शक्तिको स्रोत विदेशीलाई मानिरहनुभएको छ ।’

यो पनि