बैशाख १२, २०८१, बुधबार
               

झगडा नगर्न प्रवक्ता श्रेष्ठको आग्रह : 'तुम शेर तो हम सवा शेर...'

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अलग गरौं भन्ने कुरा सही नभएको बताएका छन् ।

प्रवक्ता श्रेष्ठले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि त्यो सही नभएको बताएका हुन् । 

तर त्यसमा अन्तर्निहीत एउटा पक्ष, अर्थात् व्यक्तिगत कटुता सहितको व्यक्तिगत विषय नबनाऔँ भन्ने कुरा सही भएको र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गर्न सकिने उनले बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘पार्टी भित्रको छलफल, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालीगलौज र आरोप प्रत्यारोपको रुप नदिऔँ । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भइ स्वस्थ एवम् रुपान्तरणमुखी छलफल गरौँ ।’

साथै उनले लेखेका छन्,  ‘तैँ चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झैँ व्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौँ ।’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शनिबार अर्का अध्यक्ष प्रचण्डसँगको भेटमा सल्लाहमै पार्टी अलग गरौ भन्ने प्रस्ताव राखेका थिए । त्यसपछि नेकपाभित्र नयाँ तरङ्ग उत्पन्न भएको छ ।

प्रवक्ता श्रेष्ठले पार्टीलाई अकर्मण्य बनाइ विघटन एवम् विसर्जनको दिशामा जान र भ्रष्ट पुँजीवादी पार्टी बन्न पनि नदिन आग्रह गरेका छन् ।

यो पनि