चैत १६, २०८०, शुक्रबार
               

बजेटमा सांसद विकास कोषलाई निरन्तरता दिएकोमा श्रेष्ठ असन्तुष्ट

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा सांसद विकास कोष (स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम) लाई निरन्तरताको असन्तुष्टि पोखेका छन् ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा नेकपा प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य श्रेष्ठले सो कार्यक्रम खारेज नहुनु दुःखद् भएको भन्दै विरोध गरेका हुन् ।

श्रेष्ठले कोभिड–१९ महामारीका संकटका बेला सो कोषका लागि रकम छुट्याउनु गलत भएको बताए । 

साथै, उनले प्रधानमन्त्री र अर्थमन्त्री दुवैजना सांसद विकास कोषको विपक्षमा भए पनि खारेज गर्ने साहस गर्न नसक्नुको कारण के भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई प्रश्न गरेका छन् । 

साथै, उनले बजेटले संकटलाई अवसरमा बदल्न नसकेको बताए । 

उनले भने, ‘हरेक संकट अवसर पनि हो तर, त्यसअनुसार गेम चेन्जिङ भिजन बजेटमा देखिएन, बोल्डनेसको अभाव देखियो ।’

स्वास्थ्यका लागि विनियोजित रकम उपचारमा मात्रै केन्द्रित भएको बताउँदै उनले बजेटमा जनस्वास्थ्यलाई पूरै बेवास्ता गरिनु दुःखद भएको बताए । 

उनले बजेट विपक्षीहरूले आरोप लगाएजस्तो स्रोत जुटाउन कठिन हुने पनि बताए । 

यो पनि