बैशाख ०५, २०८१, बुधबार
               

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री यीबीच शुभेच्छा साटासाट

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच शुभेच्छा साटासाट भएको छ । 

सोमबार परराष्ट्र मन्त्री र समकक्षी चिनियाँ वाङ यीबीच टेलिफोन भएको टोलिफोन वार्तामा शुभेच्छा साटासाट भएको हो ।  

परराष्ट्र मन्त्रालयले टेलिफोन वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले गत डिसेम्बारबाट चीनमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) विरुद्ध संघर्षरत चीनलाई आफ्नो बलियो साथ रहेको बताएका र उता यीले प्रधानमन्त्रीको स्वास्थ्य शीघ्र लाभको कामना गरेको बताएको छ । 

मन्त्रालयले टेलिफोन सम्वादका क्रममा मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई नेपालको बलियो साथ रहेको बताएको जनाएको छ । 
यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री ओलीलाई एक सन्देश पठाएर स्वास्थ्य लाभको कामना गरेका थिए । 

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वका १०३ मुलुकमा पुगिसकेको छ । कोरोनाकै कारण नेपालले चीनसँग जोडिएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका बन्द गरिदिएको छ । 

चीनमा कोरोनाबाट अहिलेसम्म तीन हजार एक सय १२ जनाले ज्यान गुमाइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि