बैशाख ०८, २०८१, शनिबार
               

श्‍वेतपत्रप्रति जनार्दन शर्माको आक्रोश, तथ्यविपरीत किन आफ्नो नाम मुछियो ?

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टको सम्पत्त्तिबारे जारी गरको श्‍वेशपत्रमा आफूलाई मुछने काम गरिएको भन्दै पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठक शर्माले यस्तो आपत्ति जनाएका हुन् । उनले तथ्य र यथार्थविपरीत सो श्‍वेतपत्रमा आफ्नो नाम जोडिएको भन्दै सरकार तथा रक्षामन्त्री पोखरेलको चर्को शब्दमा आलोचना गरेका हुन् । 

नेपालभित्र विवाद चुलिँदै गर्दा नेता शर्माको यस्तो अभिव्यक्ति आएको हो । सांसद शर्माले श्‍वेतपत्रका नाममा कसैलाई नतर्साउन चेतावनी पनि दिए ।

शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते राजीनामा दिएको तर २०७४ कात्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए । उनले आफूलाई तर्साएर आत्मसमर्पण गराउन खोजिएको भए त्यो सह्‍य नहुने बताए ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले तथ्यहरूनै गलत राखेर जारी गरिएकोलाई श्‍वेतपत्र भन्ने कि अश्‍वेत भन्ने भनी व्यंग गरेका थिए । 

शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते राजीनामा दिएको तर २०७४ कात्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए । उनले आफूलाई तर्साएर आत्मसमर्पण गराउन खोजिएको भए त्यो सह्‍य नहुने बताए । उनले आफू असत्यको सामु कहिल्यै नझुक्ने बताए ।

नेता शर्माले भने- 'सरकारले मलाई ढाँट्न सक्ला तर जनता र मतदातालाई ढाँट्न सक्छ । तर जनता र मतदातालाई ढाँट्ने सरकारले कहिले पनि काम गर्न सक्दैन । कसरी विश्वास गर्ने यहाँ विश्वासको सङ्कट पर्‍यो ? नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गराउने काम किन गरियो ।' उनले आफ्नो नाम मुछिएकोमा प्रधानमन्त्री र रक्षामन्त्रीको जवाफ पनि मागेका थिए । आफूले सरकारविरुद्धमा कुनै गलत नबोलेको भए पनि आफूलाई किन तर्साउन खोजियो भन्दै उनले प्रश्न थपेका थिए । 

सांसद शर्माले आफ्नोबारेमा केही स्पष्ट पनि गरेका थिए । ‘मैले कुनै गलत कुरा त बोलेको छैन तर राज्य व्यवस्था समितिमा ऐनहरू आउँछन्, जो ऐन संविधानभन्दा बाहिर हुन्छन् । त्यसको संशोधनको पक्षमा बोल्छु । परिमार्जन गर्न म पनि लाग्ने गरेको छु । अर्को विकास समृद्धिका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ । सरकार दलालको घेराबाट मुक्त हुनुपर्छ भनेर मैले भनिरहेको छु । जनताको विकास निर्माणको तीव्र चाहाना छ । सरकारले यसतर्फ जानुपर्छ भनेको छु । अरू केही गरेको छैन ।’  

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णयहरूमा नाम उल्लेख नहुनु र त्यो भन्दा अगाडिको सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशङ्का उब्जाएको बताए ।

श्‍वेतपत्रमा लेखिएकोबारे बुझ्न ट्रस्टको कार्यालयमा गएर निवेदन दिए पनि त्यहाँका कर्मचारीले कागजपत्र नै नदिएको आरोप उनले लगाए ।  शर्माले ट्रस्टले लिजमा दिएका सबै सम्पत्ति फिर्ता गरेर नयाँ शिराबाट अघि बढ्न सुझाव दिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि