सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बुधबार आफूले दिएकाे अभिव्यक्ति आफ्नाे पार्टीलाई लक्षित गरेर नदिएकाे बन्दै बाेली परिपवर्तन गरेका छन् ।
आइतबार धनुषाको ठेराकचुरीमा १५ दिने मिथिला परिक्रमाको सुभारम्भ समारोहमा सहभागी हुन पुगेका दाहालले कम्युनिष्टहरू सत्तामा पुगेपछि विग्रिने रोग लागेको भनेर आफूले भक्तपुरमा दिएको अभिव्यक्ति आफ्नो पार्टीलाई लक्षित गरेर नदिएको उल्लेख गरेका हुन् ‘मैले अस्ति भक्तपुरमा भएको कार्यक्रममा बोल्दा संसारभरिको कुरा बोलेको हो हाम्रो पार्टीको मात्रै भनेको होइ्न'
कम्युनिष्टहरू संघर्ष गर्दासम्म राम्रो र सत्तामा पुगेपछि नराम्रो रोग लाग्या त विश्वभरि भएकाले त्यो रोगको उपचार गर्नैपर्छ भनेर मैले अपिल गरेको उनले दाबी गरे ।
नेकपा अध्यक्ष दाहालले दाहालले प्रदेश नम्बर २ को सरकारमा सहभागी हुन लागि राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीसँग कुराकानी अगाडि बढेको पनि बताएका छन् ।