बैशाख ०८, २०८१, शनिबार
               

लोकतन्त्र र राष्ट्रिय हित !

शेरबहादुर देउवा
असार ११, २०७८

ADVERTISEMENT

संविधानसभाबाट बनेको नेपालको संविधान आज प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा छ ।

उहाँले असंवैधानिक रुपमा दुई–दुई पटक प्रतिनिधि सभाको विघटन गर्नुभएको छ । अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय लगायतका राज्य संयन्त्रहरूमाथि नियन्त्रण गर्ने काम भइरहेको छ । कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरूका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन् । राष्ट्रिय हितमा आँच पुग्ने किसिमका कार्यहरू भएका छन् ।

प्रतिनिधिसभाका बहुमत १४९ सदस्यहरूको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वान अनुसार हामीले प्रधानमन्त्रीका लागि दाबीसहित पेस गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकार गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ ।

लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने काम भएको छ । यो चुनौती पार गरेर सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नवीन संघर्ष जारी छ । यो संघर्ष र अभिभारा साझा अपनत्व र कर्तव्यको विषय हो । अतः यसतर्फ आजको संवाद, समीक्षा र छलफलले योगदान गर्ने अपेक्षा गरेका छौँ ।

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरातमा असंवैधानिकरुपमा गरिएको प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथिनै खतरा उत्पन्न गरेको छ । प्रतिनिधिसभाका बहुमत १४९ सदस्यहरूको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वान अनुसार हामीले प्रधानमन्त्रीका लागि दाबीसहित पेस गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकार गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ । तसर्थ हामीले संवैधानिक अधिकार र लोकतन्त्रको लागि सर्वोच्च अदालतमा रिट निवेदन दिएका छौँ ।

हामीहरू राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसद्को रक्षा तथा जनतालाई महामारी एवम् प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच राजनीतिक दलहरूको संयुक्त मोर्चाका साथ अग्रसर छौँ ।

हामी सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्रनीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहन्छौँ । नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरूले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको मान्यतामा हुनु पर्दछ ।

रकारबाट भएका कतिपय संविधान र कानुन विपरीतका अलोकतान्त्रिक कार्यहरू अदालतको निर्णयबाट रोकिएका छन् । हामीले राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरि राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानुनी शासन र समृद्धिलाई साझा गन्तव्यका रूपमा लिएका छौँ ।

देशमा सिर्जना गरिएको राजनीतिक अस्थिरता तथा अन्योल समाप्त गरी नेपाली जनताको लामो र कठोर संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै हामीहरू राजनीतिक र कानुनी संघर्षका विविध कार्यक्रमका साथ क्रियाशील छौँ । यस सन्दर्भमा आवश्यक परेमा हामी जनपरिचालनको दिशातर्फ समेत अगाडि बढ्ने छौँ ।

हामी सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्रनीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहन्छौँ । नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरूले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको मान्यतामा हुनु पर्दछ ।

विभिन्न कालखण्डमा निरंकुश शासन व्यवस्थाका विरुद्ध तथा लोकतन्त्रको पुनःस्थापनाका लागि नेपाली जनताको आन्दोलनमा राज्यको चौथो अंगको रूपमा स्थापित नेपाली सञ्चार जगतले महत्त्वपूर्ण योगदान गर्दै आएको छ । लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि पहरेदारको भूमिका निर्वाह गरेको छ । नेपाली सञ्चार जगतको निर्भीक सक्रियताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथिका प्रहार र खतरालाई चिर्न सार्थक योगदान पुर्‍याउँदै आएको छ । यसको हामीले सदैव उच्च मूल्यांकन गरेका छौँ । आजको जटिल स्थितिमा पनि संविधान, लोकतन्त्र र न्यायको पक्षमा अविचलित क्रियाशील तपाई सम्पादकहरू एवम् तपाईँहरूमार्फत सबै सञ्चारकर्मीहरूमा हामी धन्यवाद र सम्मान व्यक्त गर्दछौँ ।

“निरङ्कुशता विरुद्ध लोकतन्त्रको पक्षमा उठौँ, सबै किसिमका षडयन्त्र चिर्दै संविधान रक्षामा जुटौँ” भन्ने आह्वान साथ राजनीतिक दलहरू, सञ्चार माध्यम, विभिन्न पेसा, वर्ग, समुदाय, नागरिक समाज, लेखक र श्रमजीवीका बीच बृहत्तर सहकार्य आज आवश्यक भएको छ । यही बृहत्तर सहकार्यको एउटा पाइलाको रूपमा आज तपाहरूसँगको अन्तरक्रिया र संवादमा हामीले प्रवेश गरेका छौँ । तपाईँहरू सबैलाई अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै मुलुकका लागि सार्थक निष्कर्षको खोजीमा योगदान गर्न हार्दिक आग्रह गर्दछौँ ।

(विपक्षी गठबन्धनले बिहीबार सम्पादकहरू गरेको अन्तरक्रियामा दिएको मन्तव्यको सम्पादित अंश)

देउवा संसदमा प्रमुख विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति हुन् ।

कस्तो लाग्यो ?

यो पनि