असोज २६, २०८१, शनिबार
               

लामो छुट्टीमा बालबच्चाको असल व्यवस्थापन

रामहरि श्रेष्ठ
चैत ०६, २०७६

ADVERTISEMENT

कोभिड- १९ को सम्भाव्य महामारीको रोकथाम र सावधानीको लागि सरकारले सम्पूर्ण शैक्षिक संस्था र शैक्षिक कार्यक्रमहरू बन्द गरेको छ । यो बालबालिकाको सामाजिक र मनोरञ्जनात्मक जीवनशैलीलाई कटौती भएको बाध्यात्मक अवस्था हो । यस्तो अवस्थामा अभिभावकले कसरी बालबच्चा सम्हाल्ने भन्ने चुनौती जिवन्त देखिन्छ । 

लामो छुट्टीमा बच्चाहरूलाई व्यस्त राख्न सके धेरै समस्याको समाधान हुन सक्छ । तर गाठी समस्या नै उनीहरूलाई व्यस्त कसरी राख्ने भन्ने नै हो । यसबीचमा बालबच्चाहरूलाई व्यस्त राख्न सके उनीहरूमा पर्न सक्ने मनोवैज्ञानिक त्रास र तनाव हटेर जाने छ । यतिबेला बालबालिकाको व्यवस्थापनका लागि अभिभावकहरूले निम्नानुसार काम गर्दा उपयुक्त हुन्छ । 

बालबालिकासँग कोभिड-१९ का बारेमा अनावश्यक र मनोवैज्ञानिक त्रास उत्पन्न हुने विषयवस्तुबारेमा कुरा नगर्नुहोस् । तर रोकथाम र सावधानीको लागि आवश्यक पर्ने सिप तथा सूचनाहरू दिनस् । जस्तै साबुन पानीले हात धुने, मास्कको प्रयोग, भिडभाडमा नजाने, सेनिटाइजरको प्रयोग आदिका बारेमा सिकाउनुहोस् ।

  • बालबालिकासँग कोभिड-१९ का बारेमा अनावश्यक र मनोवैज्ञानिक त्रास उत्पन्न हुने विषयवस्तुबारे कुरा नगर्नुहोस् । तर रोकथाम र सावधानीका लागि आवश्यक पर्ने सिप तथा सूचनाहरू दिनस् । जस्तै साबुनपानीले हात धुने, मास्कको प्रयोग, भिडभाडमा नजाने, सेनिटाइजरको प्रयोग आदिका बारेमा सिकाउनुहोस् ।
  • बिहानदेखि बेलुकासम्म दैनिक समयतालिका बनाइ उनीहरूको दैनिक गतिविधिलाई नियमित र व्यवस्थित गर्न सहयोग गर्नुहोस् ।
  • लामो बिदाको समयमा बालबालिका बढिमात्रामा टेलिभिजन र मोबाइलमा व्यस्त हुँदा स्क्रिन निर्भरता (Screen Dependency) को समस्या बढ्न सक्दछ । यसको रोकथामका लागि आफ्ना बच्चाहरूसँग आउटडोर (ब्याडमिन्टन, टेबुलटेनिस, बास्केट बल, स्किपिङआदि) खेल्न प्रेरित गर्नुस् । त्यसैगरी इनडोर खेलहरू (चेस, लुँडो, पजल, मेमोरी गेम, रुबिक्यूब, क्यारम बोर्ड, व्यापार गेम, आई क्यु) खेल्नुहोस् र खेल्न प्रेरित गर्नुहोस् । 
  • यस्तो अवस्थामा बच्चाहरूमात्र होइन तपाईँ अभिभावक स्वयंलाई पनि आघात र चिन्ता हुन सक्छ । त्यसैले योग, ध्यान र शारीरिक व्यायाममा भाग लिनुहोस् र यस्ता गतिविधिहरूमा भाग लिन प्रेरित गर्नुहोस् ।
  • बालबालिकालाई व्यस्त राख्न विभिन्न सृजनशील क्रियाकलापहरू जस्तै सिलाइबुनाइ, चित्रकला र वाद्यवादनहरूमा संलग्न गराउनुहोस् ।
  • बालकथा, उमेर सुहाउँदो उपन्यास, इतिहास, संस्कृति, स्वास्थ्य, जीवनी र अन्य प्रेरक पुस्तकहरू उपलब्ध गराउनुहोस् र पढ्न प्रेरित गर्नुहोस् । 

लामो समय विद्यालय बन्द भएर आफ्नो बालबालिकाको पठनपाठन र सिकाइमा प्रभाव पर्ने भयो भनेर चिन्तित नहुनुहोस् । किनकि विद्यालयले त केही विषयहरूको औपचारिक शिक्षा मात्र प्रदान गर्ने हो । त्यसका अलावा उनीहरूले घरायसी कामहरू जस्तो खाना पकाउने, सरसफाइ, कपडा धुने तथा मिलाउने, अतिथि सत्कार, आफ्नो सामाजिक र सांस्कृतिक रीतिरिवाज जस्ता सिक्नु पर्ने धेरै विषयवस्तुहरू छन् । यस अवस्थालाई यी क्रियाकलाप र विषयवस्तुहरूमा संलग्न गराइ सिकाइको अवसरका रूपमा उपयोग गर्नुहोस् ।

मुख्य कुरा बालबालिकालाई मनोवैज्ञानिक त्रास हुने कामकुरा गर्दै नगर्नुस् । कोरोनाको प्रभावका नकारात्मक पक्षमा लामो चर्चा र बहस नगर्नुस् । अभिभावकले धान्न सक्ने तनाव र प्रेसर बालबालिकाले धान्न सक्दैनन् । त्यसले उनीहरूको मस्तिष्कमा नकारात्मक असर पर्दै जान्छ । सकेसम्म रचनात्मक क्रियाकलापमा लगाउनुहोस् । जीवन र जगतबारे सकारात्मक उत्पेरणा दिने कथा वा यथार्थ घटनाक्रमबारे चर्चा र छलफल गर्नुहोस् ।

लेखक श्रेष्ठ सेन्ट जेभियर्स स्कुल जावलाखेलमा मनोपरामर्शदाताको रूपमा कार्यरत छन् ।

कस्तो लाग्यो ?

यो पनि